कोरोना महामारीका कारण निर्माण कार्य प्रभावित भएको अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकमा कालोपत्रे गर्ने कार्य शुरु भएको छ ।
पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भैरहेको करीव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करीव आधा किलोमिटर सडक ढलान गरिसकिएको छ भने बाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेनिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले जानकारी दिए । हाल अमलाविसौनी देखि घार्मीको मैदानसम्म कालोपत्रे गरिने र वाँकी सडक खण्डमा पनि छिट्टै निर्माणको काम गरिने सचिव पौडेलले बताए ।
यसैविच जारी कामको नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, पोखरा १९का वडाध्यक्ष शोभामोहन पौडेलसहितको टोलीले निरीक्षण गरेको छ । दशैं मनाउन गाउँ आएका मन्त्री विश्वकर्माले त्यही शिलशिलामा निमार्णाधीन सडकको अवलोकन गरेका हुन् । निरीक्षणका क्रममा वडाध्यक्ष पौडेलले सडक गुणस्तरयुक्त हुनुपर्नेमा जोड दिदै, कुनै किसिमको हेलचक््रयाई नगर्न ठेकेदारलाई निर्देशन दिए । वडाध्यक्ष पौडेलले भैरहेको काम सन्तोषजनक रहेको बताउदै तिव्र रुपले काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरे । पौडेलले यस सडक निर्माणमा जनताको अधिक पसिना वगेको स्मरण गर्दै छिट्टो काम सम्पन्न गर्न आग्रह गरे । वि.स. २०४१ सालवाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र बजेट अभावका कारण सडक अलपत्र परेको थियो । ३६ वर्ष पछि बल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन् । स्थानिय चन्द्रबहादुर वि.कले सडक र खानेपानीको सुविधासँगै अब त्यस क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा जोड दिए ।
उक्त सडकलाई राष्टिय योजनामा पार्न हाल गण्डकी प्रदेशका सासंद रहेका तत्कालिन मन्त्री कुमार खड्काले भमिका खेलेका थिए । यस्तै लामाचौरकै गौरवको रुपमा रहेको लिफ्टीङ्ग खानेपानी आयोजनाको काम पनि भैरहेको छ । आयोजना अन्र्तगत घार्मीमा टंकी निर्माणको काम सम्पन्न भएको र अव छिट्टै घरघरमा पाइप लाईन वितरणको काम शुरु गरिने सचिव पौडेलले जानकारी दिए । हाल वडा नम्वर १९ भित्र विकास निर्माणका विभिन्न कार्यले तिव्रता पाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






