अति विपन्नलाई एशियन फोरमको पहलमा खाद्यान्न वितरण


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०७७ मा प्रकाशित




एशिया मानव अधिकार तथा सांस्कृतिक विकास मञ्चको पहलमा पोखराका विभिन्न वडाहरुमा बसोबास गर्ने अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको छ । हाना नानुम फाउन्डेसन कोरियाको आर्थिक सहयोग तथा वि फ्रेन्ड्सको समन्वयमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारिले गर्दा दुई छाक टार्न पनि कठीन भएका दैनिक ज्याला मजदुरी गर्ने नेपालका बिभिन्न जिल्लाबाट आई पोखराको १७ नं. वडामा बसोबास गरिरहेका घर परिवारलाई चामल, दाल, नुन, तेल, च्युरा, मस्यौरा, साबुन आदि खाद्यान्न सामाग्री दशैको फुलपातीको अघिल्लो दिन वितरण गरिएको हो ।

पोखरा १७ का वडा अध्यक्ष तिर्थराज अधिकारीले खाद्यान्न वितरण गदै आफ्नो वडामा वसोवास गर्ने अति विपन्न परिवार पहिचान गरी खाद्य सामाग्री वितरण हुनु खुशीको कुरा रहेको बताउँदै नैनिक ज्याला मजदुरी गरि जिविको पार्जन गर्नेलाई कोरोनाले धेरै असर पारेको बताए ।

पोखराको १७ नं. मा खाद्यान्न वितरणको लागि डेभिज फल क्लबका अध्यक्ष पुष्प बराल र सदस्य गणेश जिसी, ड्यामसाईड क्लबका अध्यक्ष पदम ढकाल, एशियन फोरमका मेनका पौडेल, शिव बराल, पार्वती पौडेल रेग्मी लगाएतले अति विपन्न, विभिन्न रोगले थलिएका, एकल परिवारको छनौट गरी संस्थालाई सिफारिस गरेका थिए ।

सो अवसरमा एशियन फोरमका निवर्तमान केन्द्रिय अध्यक्ष निरज थापा, केन्द्रिय उपाध्यक्ष मेनका पौडेल, गण्डकी प्रदेश अध्यक्ष लक्ष्मण बानिया, उपाध्यक्ष शिव बराल, सचिव कृष्ण रानाभाट, कास्की जिल्ला अध्यक्ष तिलक थापा, कोषाध्यक्ष पार्वती पौडेल, सदस्य किरण गुरुङ, ड्यामसाईड क्लबका अध्यक्ष पदम ढकाल र डेभिजफल क्लबका अध्यक्ष खेमराज वराल (पुष्प) लगाएतले विजया दशमीको शुभकामना सहित खाद्य सामाग्री वितरण गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।