गण्डकी प्रदेशमा थप ७ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७ हजार ५४ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५४ पुगेको छ।

स्वास्थ्य निर्देशनालय, गण्डकीले शुक्रबार बिहान साढे ६ बजे एक विज्ञप्ति जारी गर्दै यस प्रदेश मा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ।

निर्देशनालयले अध्यावधिक गरेको पछिल्लो विवरणअनुसार प्रदेशमा थप पुष्टि भएको ७ जनामध्ये कास्कीमा एक, लमजुङमा एक र तनहुँमा पाँच जनामा कोरोना पुष्टि भएको निर्देशनालयले विज्ञप्तिमा जनाएको छ।

कास्कीको पोखरा महानगरपालिका वडा नं १७ का ५२ वर्षीय पुरुष, लमजुङको सुन्दरबजार नगरपालिका वडा नं नखुलेका २७ वर्षीय पुरुष एक र तनहुँको ब्यास नगरपालिका वडा नं १ का ४९ वर्षीय पुरुष एक, वडा नं ४ का ६१ वर्षीय पुरुष एक र ५७ वर्षीय महिला एक तथा वडा नं ३ का ६९ वर्षीय पुरुष एक र ४४ वर्षीया महिला एकमा कोरोना संक्रमणको पुष्टि भएको हो।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परीक्षणमा पछिल्लो समय ७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो । सबै संक्रमितहरु कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।