गण्डकी प्रदेशमा थपिए ९८ जना कोरोना संक्रमित, संक्रमित संख्या ७ हजार १ सय ४५ पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




गण्डकी प्रदेशमा पछिल्लो समय ९८ जना कोरोना संक्रमित थपिएका छन् । यससँगै यस प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार १ सय ४५ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक तथा कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रम गण्डकी प्रदेशका प्रवक्ता डा विनोद विन्दु शर्माले शुक्रबार विहान जारी गरेको पछिल्लो विज्ञप्तिमा प्रदेशमा थप ९८ जनामा कोरोना संक्रमित संख्या थपिएको जनाएका हुन् ।

पछिल्लो अध्यावधिक विवरणमा प्रदेशको ४ जिल्लामा थप २६ जना कोरोना संक्रमित थपिएको जनाइएको छ । संक्रमितमध्ये नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को कावासोती नगरपालिका–८ का तीन, वडा नम्बर १७ का एक, वडा नम्बर ३ का एक, वडा नम्बर १४ का एक, वडा नम्बर ११ का एक, वडा नम्बर १ का एक, वडा नम्बर १२ का एक र वडा नम्बर ५ का एकजनामा कोरोना संक्रमण पुष्टि भएको जनाइएको छ।

त्यस्तै, गैँडाकोट नगरपालिका–२ का पाँच, वडा नम्बर ४ का एक, वडा नम्बर १७ का एक र वडा नम्बर ८ का एकजनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ।

यस्तै, मध्यविन्दु नगरपालिका–६ का दुई, वडा नम्बर ७ का एक र बिनयत्रिवेणी गाउँपालिका–४ का एकजनामा पनि संक्रमणको पुष्टि भएको छ।

लमजुङको राइनास गाउँपालिका–१ का एक, कास्कीको पोखरा महानगरपालिका–११ का एक र गोरखाको सिरानचोक गाउँपालिका–४ का एक तथा पालुङटार नगरपालिका–८ का एक जना छन्।
त्यस्तै, कास्कीको पोखरा महानगरपालिका वडा नं का ३६ वर्षीय पुरुष एक जना छन् ।

गोरखा जिल्लाको सिरानचोक गाँउपालिका वडा नं ४ का २१ वर्षीय पुरुष एक र पालुङटार गाउँपालिका वडा नं ८ का ४६ वर्षीय पुरुष एक जनामा कोरोना पुष्टि भएको विज्ञप्तिमा जनाइएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।