
कार्तिक १४ चितवन । चितवन मेडिकल कलेजमा उपचाररत दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
कोरोना संक्रमणका कारण सो अपस्पतालमा उपचाररत चितवनको रत्ननगरपालिका वडा नम्बर ९ का ८८ वर्षीय पुरुष र रुपन्देहीको वुटवल उपमहानगरपालिका वडा नम्बर ८ का ८४ वर्षीय पुरुष को कोरोना संक्रमणका कारण मृत्यु भएको अस्पतालका प्रेस संयोजक डाक्टर किशोर अधिकारीले जानकारी दिए ।
चितवनको रत्ननगरपालिका पुरुषको आज बिहान ६ बजेर ५४ मिनेट जांँदा मृत्यु भएको हो भने वुटवलका संक्रमित पुरुषको विहीबार राती पौने १२ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मृतक मधुमेह, उच्च रक्तचाप, ज्वरो, स्वासप्रस्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनीहरुको अस्पतालको कोभिड आइसियु कक्षमा राखेर उपचार हुँदै आएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।