पोखराका ५३ सहित गण्डकीमा थप ६५ कोरोना पुष्टि


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७७ मा प्रकाशित




कार्तिक १४ पोखरा । पोखराका ५३ जना सहित गण्डकी प्रदेशमा थप ६५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

लाइफ केयर डाइग्नोष्टिक प्रा. लि. पोखरामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुसार पछिल्लो क्रममा थपिनेमा पोखराका ५३ जना, तनहुँका ४ जना, स्याङ्जाका १ जना, पर्वतका ६ जना र लमजुङका एक जना छन् ।

पोखरामा थपिने संक्रमित मध्य १९ वटा वडाका छन् भने २ जनाको वडा खुल्न सकेको छैन् ।
यस्तै पर्वतको कुश्माका ६ जना, तनहुँको भिमादका १ जना र शुक्लागण्डकी नगरपालिकाका ३ जना , स्याङ्जाको पुतलीबजार र लमजुङको मस्र्याङ्दीका १–१ जना छन् । योसंगै प्रदेशभर संक्रमितको संख्या ७ हजार २२८ पुगेको छ ।

यसअघि आज प्रदेशमा विभिन्न जिल्लाका ११६ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । क्षयरोग उपचार केन्द्र पोखरा, लाइफ केयर डाइग्नोष्टिक सेन्टर पोखरा चितवन मेडिकल कलेजमा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको निर्देशनालयले पुष्टि गरेको हो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।