साङ्केतिक तस्विर
कार्तिक १४ पोखरा । म्याग्दीमा बेनीतर्फ यात्रु लिएर जाँदै गरेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ११ जना घाइते भएका छन् ।
म्याग्दीको बेनी नगरपालिका ८ जलेश्वरस्थित ठाडाखानीबाट बेनीतर्फ आउदै गरेको ग १ ख ८९६ नम्बरको बोलेरो दुर्घटना हुँदा १० वर्षीया रिया विकको ज्यान गएको प्रहरीले जनाएको छ ।
गण्डकी प्रदेश प्रहरी नायब उपरिक्षक रोजेन्द्रबाबू रेग्मीका अनुसार अन्नपूर्ण गाउँपालिका २ भुजुङकी १० वर्षीया बालिका रियाको उपचारको क्रममा बेनी अस्पतालमा ज्यान गएको हो ।
जिप बाटोबाट अन्दाजी १०० मिटर तल कालीगण्डकी नदीमा खस्न पुगेको थियो । दुर्घटनामा परि घाईते सबैलाई तत्काल उद्दार गरि उपचारको लागि तत्काल बेनी अस्पताल पठाइएको प्रहरी नायब उपरिक्षक रेग्मीले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ बैशाख। र्याण्डम रिडर्स सोसाइटीको नियमित किताब परिचर्चा कार्यक्रमको १२६ औं श्रृङ्खलामा…






