अन्नपूर्ण गाँउपालिका –१ लेवाडेस्थित चिल्ड्रेन–नेपालको फूलबारी स्रोत केन्द्रमा राखिएका सडक बालबालिकाहरुसँगै संस्थाका संस्थापक अध्यक्ष एबम कार्यकारी निर्देशक रामचन्द्र पौडेलले टीका र जमरा लगाई दशैं मनाएका छन्।
२०७६ चैतमा बिश्व महामारीको रुपमा फैलिएको कोभिड १९ बाट सुरक्षित गर्ने उद्देश्यसहित पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीको अगुवाईमा पोखराका सडकबाट बालबालिकाहरुको उद्धार गरि केन्द्रमा राखिएको थियो।
सडक संस्कृतिबाट पारिबारिक र सामाजिक सुसंस्कृत रुपले रुपान्तरित हुदैँ गएका सडक बालबालिकाहरुलाई टिका र जमरा लगाउदै संस्थाका संस्थापक अध्यक्ष एबं कार्यकारी निर्देशक रामचन्द्र पौडेलले नेपालीहरुको महान पर्ब बिजया दशमीको अबसरमा संस्कार र संस्कृतीको जगेर्ना गर्ने कुरा बताउँदै बिजया दशमीको महत्वमाथि प्रकाश पारे।
बिशेषगरी, आफनो ख्याल र अरुको सम्मान गर्न सकेमा स्वत : अगाडी बढ्नको लागि उर्जा आउने कुरामा जोड दिदैं उनले यस पर्बले असल कुरा सिक्दै सही मार्गमा हिँड्न बालबालिकाहरुलाई प्रेरित गरोस् भन्दै शुभकामना दिए।
टिका र जमरा लगाएपश्चात बालबालिकाहरुले खुशी हुँदै हामीलाई घर–परिबारको सम्मmना मेटाइदिएकोमा चिल्ड्रेन–नेपालका रामचन्द्र सरलगायत संपूर्णलाई धन्यबाद दिए। उनीहरुले परिस्थितीले बाटो बिराएपनि आगामी बर्षको बिजया दशमी घर–परिबारसँग बसेर मनाउने बताए । १८ जना बालबालिकाहरुमध्ये ७ जनाको परिबार पुनर्मिलन गराई सकिएको छ भने अन्यको परिबार वा समुदायको खोजी भईरहेको छ।
साथै पोखराका सडकमा रहेका बालबालिकाको उद्धार गरी केन्द्रमा लैजाने कार्यसमेत भइरहेको छ। कार्यक्रममा चिल्ड्रेन–नेपालका सह–संयोजक रमेश सुबेदी, र केन्द्रका सुरक्षाकर्मी प्रकास बोहराले समेत बालबालिकाहरुलाई बिजया दशमीको शुभकामना दिए।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






