कार्तिक १५ पोखरा । विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ छिट्टै घोषणा गर्ने सरकारले तयारी थालेको छ ।
एक महिना भित्रमा नै सगरमाथाको उचाइ घोषणाको तयारी भइरहेको नापी विभागले जनाएको छ ।
सगरमाथाको उचाइ मापनको क्रममा लेबलिङ, ग्रेभिटी, सगरमाथाको शिखरको जीपीएस अबजर्भेसन, तथ्याङ्कहरूको प्रोसेसिङ गर्ने तथा त्रुटिहरूलाई हटाउने काम भैसकेको विभागले जनाएको छ ।
मित्र राष्ट्र चीनसँग जोडिएको विषय भएकाले परराष्ट्र मन्त्रालयमार्फत कूूटनीतिक माध्यमबाट गरिने कामहरू अहिले भैरहेको छ । गत वर्ष चीनका राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणका क्रममा संयुक्त रूपमा सगरमाथाको उचाइ घोषणा गर्ने दुई मुलुकबीच सहमति भएको थियो ।
अहिलेसम्म सगरमाथाको उचाइ ८ हजा ८ सय ४८ मिटर हो । २०७२ सालमा गएको भूकम्प लगायत अन्य कारणले समेत उचाइमा केही कमबेसी हुन सक्ने भएकाले सगरमाथाको पुनः मापन शुरु गरिएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असार ३० गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा ६४ प्रतिशत…





