पोखरामा कौडा खेल्ने र खेलाउने पक्राउ


     एभरेस्ट आवाज    
     असाेज ३० गते २०८३ मा प्रकाशित




पोखरामा जुवा (कौडा) खेल्ने र खेलाउने गरी ७ जना पक्राउ परेका छन् ।

पोखरा महानगरपालिका वडा नं. २६ विजयपुरमा कौडा खेलिरहेको भन्ने सुचना पाएपछि ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरी टोलीले कौडा खेलाउनेसहित खेलिरहेका ७ जनालाई बिहिबार पक्राउ गरेको हो । टोलीले त्यस क्रममा नगद ५७ हजार र १६ थान कौडा पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको कास्की प्रहरीका प्रवक्ता बिरेन्द्र कुमार पासवानले जानकारी दिए ।

उनका अनुसार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धको कसूर अन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको छ । चाडपर्वमा हुने अवाञ्छित गतिविधि नियन्त्रणका लागि कास्की प्रहरीले सक्रियता बढाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।