मधेस प्रदेश सरकार फेरि संकटमा परेको छ । नेपाली कांग्रेस नेतृत्वमा रहेको सरकारमा सहभागी नेकपा एमालेले सर्मथन फिर्ता लिएसँगै सरकार संकटमा परेको हो ।
एमालेबाट सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका छन् । एमाले संसदीय दलको निर्देशनअनुसार एमालेबाट मन्त्री भएका श्रम तथा यातायातमन्त्री शारदादेवी थापा, खेलकुद तथा समाजकल्याणमन्त्री लखनदास, भौतिक पूर्वाधार विकासमन्त्री मोहम्मद समीर र शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले आज राजीनामा दिएका हुन् । चारै जना मन्त्रीहरूले मुख्यमन्त्री कृष्णप्रसाद यादवलाई राजीनामा पत्र बुझाएको एमालेका प्रमुख सचेतक हरिनारायण महतोले जानकारी दिए ।
मधेस प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा कांग्रेस, एमाले र नेपाली कम्युनिष्ट पार्टीको गठबन्धनको सरकार छ । यता एमाले मधेस प्रदेश संसदीय दलका नेता सरोजकुमार यादवले सरकार गठनको क्रममा भएको सहमति सरकारले कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताए ।
समर्थन फिर्ता लिएसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल हुने देखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


जिल्ला समन्वय समिति, कास्कीले चाडपर्वको समयमा बजार अनुगमन र यातायात संचालनको क्षेत्रलाई…







