फाइल तस्विर
कार्तिक १५ हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । गत कार्तिक ६ गते संक्रमित भएका मुख्यमन्त्री पौडेल १० दिनमा संक्रमणमुक्त भएका हुन् ।
धुलिखेलमा रहेको प्रादेशिक प्रयोगशालामा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए ।
हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत मुख्यमन्त्री पौडेललाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ ।
मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २६ वैशाख । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले १० औँ रारा पोखरा…






