कास्कीमा मात्रै एक सय भन्दा बढी कोरोना संक्रमित थपिए


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




कास्कीमा मात्रै आइतबार एक सय भन्दा बढी कोरोना संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको छुट्टाछुट्टै पाँचवटा प्रेस विज्ञप्तिमार्फत कास्कीको एक सय एक जनामा कोरोना पुष्टि भएको जनाएको हो ।

स्वास्थ्य निर्देशनलायले आइतबार बिहान ७ बजे जारी गरेको विज्ञप्तिमा ६ जना, सवा ७ बजेको विज्ञप्तिमा ३१ जना, साढे सात बजेको विज्ञप्तिमा २९ जना र पौने ८ बजेको विज्ञप्तिमा १४ जना र ८ बजेको विज्ञप्तिमा १ जनामा कोरोना पुष्टि भएको उल्लेख गरेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।