विश्वव्यापी रुपमा कोरोना भाइरसको महाव्याधी छाएपछि नेपालको पर्यटकीय नगरी फेवातालमा अवस्थित शक्तिपीठ तालवाराही मन्दिर नेपाल सरकारले गरेको लकडाउनसँगै सुनसान बनेको छ । दशैंको घटस्थापनादेखि विशेष चहल–पहल र भिडभाड सहितको बजार नै लाग्ने तालवाराही यस वर्षको कोजाग्रत पूर्णिमामा पनि सुनसान नै बन्यो। वाराहीघाटबाट डुंगामा सयर गर्दै मन्दिरको नजिक पुगेका दर्शनार्थी, भक्तजन र पर्यटकहरुले मन्दिर वरैबाट दर्शन र अवलोकन गरेर पुनः वाराहीघाटमै फर्कने गरेका छन् ।
साथै, फेवातालको ८ वटा घाटबाट चल्ने अधिकांश रित्तो डुंगाहरु तालको किनारा लागेर बसेका छन् । गत चैतको ११ गते नेपाल सरकारले लकडाउन सुरु गरेको मिति भन्दा दुई दिन अघिनै डुंगा व्यवसायमा आएको लकडाउनका कारण फेवातालका करिब आठ सय डुंगाहरुले हप्तादिनमा एक पटक पालो कुरेर बस्न बाध्य छन् । मुस्किलले दैनिक ६०/७० डुंगाहरु संचालनमा छन् । बाँकी डुंगाहरु फेवाताल किनारमा बाँधिएर तालको पानीसँगै आएको छालसँग ढल्पलाउँदै डोरीमा बाँधिन विवश छन् ।
(हेर्नुहोस फोटो फिचरमा, फेवाताल, तालावाराही मन्दिर र फेवाताल किनारका रित्तो डुंगाहरु)
तस्बीरहरु : नारायण शाही
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।