कार्तिक १६ पोखरा । गण्डकी प्रदेशमा कास्कीका ५६ जना सहित ६ जिल्लाका ६४ जना नयाँ कारोना संक्रमित थपिएका छन् ।
लाइफ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा गरिएको नमुना परिक्षणमा कास्की, बाग्लुङ, म्याग्दी, स्याङ्जा र पर्वतका गरि ६४ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालय गण्डकीले पुष्टि गरेको छ ।
कास्कीमा थपिएका सबै ५६ जना संक्रमित पोखरा महानगरका हुन् । यस्तै तनहुँको शुक्लागण्डकी, ब्यास र पालीका नखुलेका एक सहित ४ जना, बाग्लुङको बाग्लुङ नगरपालिकाका, पर्वतको कुश्मा , स्याङ्जा र म्याग्दीका एक–एक जनामा कोरोना संक्रमण भएको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले छैटौं विज्ञप्ती मार्फत जनाएको छ ।
यो सहित गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७ हजार ५६८ पुगेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।