पोखराका ६० वर्षिय संक्रमित पुरुषको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




फाइल तस्विर

कार्तिक १६ पोखरा । कोभिड १९ बाट पोखरा–१७ एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड–१९ उपचार केन्द्रको सघन उपचार कक्षमा उपचाररत उनको आइतबार बिहान ११ : ५५ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिएका छन् ।

गत कार्तिक ११ गते कोभिड–१९ को संक्रमण पुष्टि भई उपचार केन्द्रको आइसियूमा भर्ना भएका पोखरा–१७ का ६० वर्षिय ति पुरुषमा कोभिड–१९ सहित निमोनिया, मधुमेह लगायतका समस्या रहेको अस्पतालले जनाएको छ ।

कोरोनाबाट सो उपचार केन्द्रमा उनीसहित २५ जनाको मृत्यु भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।