साङ्केतिक तस्विर
कार्तिक १६ पोखरा । लमजुङबाट प्रहरीले ठूलो मात्रामा प्रतिवन्धित जडिबुटी सहित पाँच जनालाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा प्रहरीले गरेको चेकजाँचका क्रममा मनाङबाट लमजुङको बेशिसहर आउँदै गरेको जिपमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त प्रतिबन्धीत जडिबुटी सहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।
प्रहरीले जिपबाट जटामसी–१६ किलो, बुकीफुल–१२४ किलो, धुपिपात–५३ किलो, सुनपाती– ९ किलो, भोजपत्र–१३ किलो गरी २१५ किलो प्रतिबन्धीत जडिबुटी सहित जिप चालक लमजुङको दोर्दी स्थायी ठेगना भएका कर्ण गुरुङ, मनाङ उननार्फु गाउँपालिका वडा नं. २ का वर्ष ४५ का लाम्पा छिरिङ लामा र मनाङकै नेस्याङ गाउँपालिका वडा नं. ३ का वर्ष २९ की पल्मु लामालाई पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै प्रहरीले बेशीसहर– ८ का शान्ता कुमारी तामाङ र मिन बहादुर तामाङकको घरमा अवैध रुपमा राखिएको प्रतिवन्धीत जडिबुटी पाचँऔले ३.५ किलो, निरमसी ५३ किलो, मजिठो १४ किलो, पिप्ला–२४१ किलो, सतुवा ८.५ किलो, जटामसी २.५ किलो, ढालिङ १०६ किलो, कुड्की ५४ किलो गरी ४८२.५ किलो अबैध जडिबुटी फेला परेको प्रहरीद्वारा प्रेसित विज्ञप्तीमा उल्लेख गरेको छ ।
बरामद भएका प्रतिबन्धीत जडिबुटी सहित पक्राउ परेका पाँच जनालाई आवश्यक कारवाहीका लागि जिल्ला वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक गंगा बहादुर थापाले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक थापाका अनुसार बरामद भई आएको जडिबुटीको अनुमानित बजार मुल्य १९लाख ३२ हजार २९० रहेको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ७ पोखरामा प्याराग्लाईडिङ शुरु भएको तीन दशक पुगेको छ…






