प्रचण्डको फोनपछि कर्णालीमा मन्त्री परिषद पुर्नगठन स्थगित


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




ओली पक्षका २ जना हटाएर नेपालका पक्षका ३ जना मन्त्री थप्ने तयारी गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अन्तिम समयमा पछि हटेका छन् । आजै मन्त्री परिषद पुर्नगठन गर्ने तयारीमा रहेका मुख्यमन्त्री शाही नेकपा अध्यक्ष प्रचण्डको फोनका कारण मन्त्री परिषद पुर्नगठन गर्ने निर्णयमा पुगेका हुन् । उनलाई प्रचण्डले फोन गरेर मन्त्री परिषद पुर्नगठनका लागि हतार नगर्न निर्देशन दिएको बताइएको छ ।

यसअघी शाहीले आईतबार नै मन्त्री परिषद पुर्नगठन गर्ने तयारी गरेका थिए । उनले ओली पक्षका २ मन्त्रीलाई हटाएर ३ मन्त्री थप्ने तयारी गरेका थिए । मुख्यमन्त्री शाहीले ओली पक्षीका सामाजिक विकास मन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढालाई हटाउने तयारी गरेका छन् । शाहीले दुबै जनालाई स्वेच्छिकमा पदबाट राजिनामा दिन निर्देशन दिएपनि ओलीसँगको परामर्शमा राजिनामा नदिन बरु कारबाही भोग्न तयार रहन दिएको सुझाव अनुसार उनीहरुले राजिनामा नदिएको श्रोतको दाबी छ ।

त्यस्तै, यसअघी खाली रहेको भौतिक पूर्वाधार मन्त्रालयमापनि नया अनुहार थप्ने शाहीको तयारी थियो । ओली पक्षका खड्कबहादुर खत्री बैंकिङ कसुरमा कारबाहीमा परेपछि भौतिक पूर्वाधार मन्त्रालय शाही आफैले राखेका थिए ।

मुख्यमन्त्री शाहीले मन्त्री परिषद पुर्नगठन गरेर चन्द्रबीर शाही, करबीर शाही र अमरबहादुर थापालाई मन्त्री बनाउने तयारी गरेको श्रोतको दाबी छ । नया मन्त्री बन्ने भनिएका तीनै जना नेपाल पक्षीय हुन् । कसलाई कुन मन्त्रालय दिने भन्नेचाहिं सार्बजनिक भइसकेको छैन ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।