
पोखरा उद्योग वाणिज्य संघका महासचिव अर्जुन पोखरेललाईपनि कोरोना संक्रमण भएको छ । महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूलाई कोरोना संक्रमण पुष्टि भएका जनाएका हुन् ।
कोरोना संक्रमण पुष्टि भएपछि उनले लेखेको स्टाटसमा भनिएको छ,‘ढिलोचाँडो एक दिन कोरोना संक्रमण अवश्य हुन्छ भन्ने मेरो मान्यता थियो र आज त्योबाट म अछुतो रहिन ।’ उनले सामान्य लक्षण देखिने वित्तिकै १० दिनदेखि आफू होम आइसोलेसनमा रहेको बताउँदै त्यसपछि कोहिसँगपनि सम्पर्कमा नरहेको स्पष्ट पारेका छन् ।
मसचिव पोखरेलले कोरोना संक्रमित हुनु कुनै पाप नभएकाले घृणा होईन संक्रमितलाई सम्मान गर्न आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।