२८२४ कोरोना संक्रमित थपिए, थप २३ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     कार्तिक १६ गते २०७७ मा प्रकाशित




फाइल तस्विर : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम ।

कार्तिक १५ काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १३ हजार २३ जनामा गरिएको पीसीआर परीक्षणमा थप २८०४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट थप २३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९६० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३६२० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या १ लाख ३४ हजार ८४२ पुगेको छ ।

यो संगै नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ पुगेको छ भने २ हजार ३८६ जना क्वारेन्टिनमा रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।