नेपाली काँग्रेसले रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–८ निवासी सिस्ने हिमाल बस तथा मिनिबस यातायात समितिमा कार्यरत आफ्ना क्रियाशील सदस्य बलवीर परियारमाथि कुटपिट भएको घटनाको निन्दा गरेको छ ।
काँग्रेसले परियारलााई शनिबार बिहान उक्त समितिको काउण्टरमा काम गर्दै गरेको अवस्थामा युवा सङ्घका सदस्य रवी बुढाको नेतृत्वको करीब १० जनाको समूहले हतियार प्रयोग गरी मरणासन्न हुने गरी कुटपिट गरेको जनाएको छ ।
सो पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्तिमार्फत निर्दोष र निहत्था व्यक्तिलाई कुटपिट गरी समाजलाई आतङ्कित तुल्याउने, भय र त्रासको वातावरण सिर्जना गर्ने घटनामा संलग्न व्यक्तिलाई तत्काल कडा कानूनी कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । काँग्रेसले दशैका बेलामा यात्रुको आवतजावतमा सहजकर्ताको भूमिका निर्वाह गर्दै आएका परियारको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसभित्र सक्रिय भएका दुई समुहलाई मिलाउन युवा नेताले सक्रियता बढाएका छन्…





