शिक्षा, स्वास्थ्य र वातावरण सम्बन्धी निरन्तर कार्यहरु गर्दै आएको नेलम्बो नेपालले कोभिड–१९ बिरुद्ध लड्नका लागि आवश्यक पर्ने स्वास्थ्य वितरण कार्यलाई निरन्तर जारी राखेको छ । नेलम्बो नेपालले आईतबारपनि आफ्नो कार्य क्षेत्रमा रहेको माछापुच्छ«े गाउँपालिका वडा नं. ७ धम्पुसस्थित पृथ्वीनारायण माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको जनाएको छ ।
स्वास्थ्य सुरक्षा अप्नाएर शिक्षण कार्य गर्नका लागि हेड फ्रि सेनिटाइजर स्ट्याड ३ थान, सेनिटाइजर ६.५ लिटर, डिस्पोजेवल ग्लोब्स २५० जोडा, डिस्पोजिवल माक्स ५०० थान, के.एन ९५ माक्स एक सय थान, थर्मल गन २ थान, हात धुने लाइफ व्वाई साबुन ५० थान, फेस सिल्ड २४ थान, डिउरा सेल ब्याट्री ४ थान र कोभिड १९ सम्बन्धी सचेतनामूलक ब्रोसर नेलम्बो नेपालले वितरण गरेको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए । कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले पृथ्वीनारायण माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद भण्डारीलाई सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा बोल्दै अध्यक्ष देवकोटाले कोभिड १९ को चपेटामा विद्यालयहरु पनि प्रत्यक्ष रुपमा परेको र यस विद्यालय कोभिड १९ को विषम् परिस्थितिमा पनि संचालन गरिरहेको हुँदा स्वास्थ्य सावधानी अपनाएर पठन पाठन संचालन गर्नको लागि आफुहरुले सहयोग गरेको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलप्रसाद भण्डारीले दशै पछि विद्यालय कसरी स्वास्थ्य साबधानी अपनाएर सञ्चालन गर्ने भन्ने चिन्ता लागिरहेका बेला नेलम्वोले स्वास्थ्य सामग्री दिएपछि त्यो चिन्ता दूर भएको बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज ६ हालका पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्य गत…






