समाजसेवी पौडेल रहेनन्


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नं. १७ डेभिज फल स्थित गुप्तेश्वर महादेव गुफाका संस्थापक सदस्य कुलचन्द्र पौडेल (हरिहरि बा) को निधन भएको छ । ७४ वर्षिय समाजसेवी तथा धार्मिक व्यक्तित्व पौडेलको पोखरा १७ विरौटा स्थित निवासमा हृदयघात भइ पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा उपचारको लागि लगिएमा उपचारको क्रममा बेलुकी ७ वजे उहाँको निधन भएको पारिवारका सदस्यले जानकारी दिए । उनको सोमबार रामघाटमा हिन्दु परम्परा अनुसार अन्तेष्टी गरिएको छ ।

गुप्तेश्वर महादेव गुफाको संस्थापक सदस्य भई सो क्षेत्रको विकासमा अनवरत रुपमा लाग्नु भएको थियो भने केहि समय पुजारीको रुपमा समेत सेवा गरेका थिए । उनका जेठा छोरा श्रीराम पौडेल पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने कान्छा छोरा नारायण पौडेल डेभिजफल टोल विकास संस्थाको अध्यक्ष तथा गुप्तेश्वर महादेव गुफाको कार्यलय प्रमुख छन् ।
स्वर्गिय पौडेलका २ छोरा, २ बुहारी र ५ नातीनातिना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।