भिटोफ गण्डकी प्रदेश अध्यक्ष अधिकारीसहित परिवारका ४ जनालाई कोरोना संक्रमण


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) गण्डकी प्रदेश अध्यक्ष नवराज अधिकारीसहित ४ जनालाई कोरोना संक्रमण भएको छ । मञ्चका अध्यक्ष अधिकारी र उनकी पत्नी साधना पौड्याल र अधिकारीका दाजु तथा सालोलाई कोरोना संक्रमण भएको हो । अध्यक्ष अधिकारीकी पत्नी साधनाले सोमबार बेलुका सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै आफूहरु श्रीमान र श्रीमतीसहित ४ जनालाई नै कोरोना संक्रमण पुष्टी भएको जनाएकी हुन् ।

कन्ट्याक्ट ट्रेसिङमा परेको आफूहरुलाई शुरुमा सामान्य रुघाखोकी र ज्वरो आएको र कोरोना भएनभएको पत्ता लगाउन पिसीआर गर्दा आज बेलुका पिसीआर रिपोर्ट पोजिटिभ आएको स्टाटसमा उल्लेख छ । उनले आफूहरु अहिले होम आईसोलेसनमा रहेको पनि उल्लेख गरेकी छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।