साङ्केतिक तस्विर
कार्तिक १७ काठमाण्डौं । ‘कल’ गर्न मागेको मोबाइल नै लिएर फरार हुने धन्दामा संलग्न भएको आरोपमा महानगरीय प्रहरी परिसरको टोलीले एक जनालाई पक्राउ गरेको छ ।
साथै, लुटेको मोबाइल बिक्री गर्न सहयोग गर्ने अर्का एकजनालाई पनि पक्राउ गरि आज सार्वजनिक गरेको जनाएको छ ।
काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने ३४ वर्षीय इम्तियाज उद्दिनलाई मोबाइल लुटपाट गरेको आरोपमा पक्राउ गरेको हो । भने रामेछापको साँघुटार नगरपालिका–२ घर भइ काठमाडौं–१५ बस्ने ३४ वर्षीय शुलभ श्रेष्ठलाई पक्राउ गरिएको जनाइएको छ ।
पक्राउ परेका इम्तियाजले स्कुटरमा चढेर महँगो मोबाइल बोक्ने महिलाहरुसँग ‘कल’ गर्न मोबाइल माग्ने र मोबाइल लिएर भाग्ने गरेको पाइएको परिसर प्रमुख श्याम ज्ञवालीले बताए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।