कोरोनाको जोखिम बढेपछि बाग्लुङ बजार बन्द


     एभरेस्ट आवाज    
     कार्तिक १७ गते २०७७ मा प्रकाशित




कात्तिक १७ बाग्लुङ । बाग्लुङ नगरपालिकाका ४ वटा आज मध्यरातबाट एक साताका लागि बन्द गरिने भएको छ ।

नगरपालिकाको वडा नं १, २, ३ र ४ मा कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मध्यरातीबाट लागू हुने गरि बन्द गर्ने निर्णय भएको बाग्लुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए ।

प्रजिअ न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।

यो अवधीमा खाद्यन्न, तरकारी, दूध, औषधि, एम्बुलेन्सलगायतका अत्यावश्यक सेवा सुचारु गर्न दिइने भएको छ । यस्तै बैङ्क तथा वित्तिय संस्था भने बन्द रहने जनाइएको छ ।

साथै दैनिक उपभोग्य सामग्रीको किनमेलका लागि बिहान ७ देखि ९ बजेसम्मलाई समय तोकिएको प्रजिअ न्यौपानेले जानकारी दिए ।

बाग्लुङमा हालसम्म ६८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित मध्य ४८२ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा कोरोनाका कारण ५ जनाको मृत्यु भएको छ भने १९६ जना आइसोलेसनमा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।