प्रतीकात्मक तस्विर ।
कोभिड–१९ का कारण पोखराकी एक महिलाको मृत्यु भएको छ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचार गर्दैगर्दा पोखरा–५ की ५९ वर्षीया महिलाको सोमबार राति ११ बजे मृत्यु भएको सहप्राध्यापक डा अर्जुन आचार्यद्धारा मंगलबार बिहान जारी विज्ञप्तिमा जनाइएको छ।
कोभिड–१९ को संक्रमण भई कार्तिकको गत १४ गते उपचार केन्द्रको आइसीयुमा भर्ना भएकी उनमा कोभिड–१९ र निमोनियालगायतको स्वास्थ्य समस्या रहेको जारी विज्ञप्तिमा जनाइएको छ। प्रतिष्ठानको उपचार केन्द्रमा उपचारको क्रममा मृत्यु हुने उनी २६ औं कोभिड–१९ को संक्रमित हुुन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिन्सिपल एशोसिएसन अफ नेपालको समन्वयमा युनेस्को र काठमाडौँ विश्वविद्यालयको सहकार्यमा पोखरामा चारदिने…





