बागलुङमा एक कोरोना संक्रमितको मृत्यू


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




बागलुङमा एक जना कोरोना संक्रमित पुरुषको मृत्यू भएको छ । बागलुङको धौलागिरी अस्पतालमा उपचाररत ६६ वर्षिय पुरुषको उपचारको क्रममा आज विहान १०ः२० मा मृत्यू भएको अस्पतालले जनाएको छ ।

ती पुरुषलाई स्वास्थ्यमा समस्या भएपछि कात्तिक १२ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई १३ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मधुमेह, उच्च रक्तचाप र थाईराईडबाट ग्रसित उनलाई अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।