पोखरामा कोरोनाले १ महिलाको मृत्यू भएको छ । विश्वब्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) बाट संक्रमित पोखरा महानगरपालिका वडा नम्बर ५ की ५९ वर्षिया महिलाको मृत्यू भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल भित्र रहेको कोभिड–१९ उपचार केन्द्रको आईसियूमा उपचाररत उनको गएराती ११ बजे उपचारको क्रममा मृत्यू भएको अस्पतालका निर्देशक अर्जुनप्रसाद आचार्यले जानकारी दिए ।
मृतक महिलाको मुटको भल्व फेर्नुका साथै निमोनियालगायतकासमेत समस्या रहेको अस्पतालले जनाएको छ । महिलाको मृत्यूसँगै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा कोरोनाबाट मृत्यू हुनेको संख्या २६ पुगेकोपनि अस्पतालले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।