पोखरा महानगरपालिकाले उद्योगपति तथा सांसद सूर्यबहादुर केसीको निधनमा कार्यालय बन्द गरेको छ । केसीको निधनको शोकमा महानगरले आज महानगर कार्यालयसहित आफू मातहतका सम्पूर्ण कार्यालय तथा वडा कार्यालयमा विदा दिएको हो । महानरले एक सूचना निकालेर आज आफू मातहतका सबै कार्यालय बन्द रहने जनाएको छ ।
स्वर्गिय केसी पोखरा नगरका तत्कालिन प्रधानपञ्च हुन् । उनी दुई पटक पोखरा नगरको प्रधानपञ्चमा निर्वाचित भएका थिए ।
केसीको गएराती १०ः३० बजे पोखरा एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको थियो । उनको आजै अन्त्येष्टी गरिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।