केसीको पार्थिव शरीरमा रानाभाटले पार्टीको झण्डा ओढाए


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसीको मंगलबारै अन्येष्टी गरिएको छ । उनको पोखरा नयाबजारस्थित शान्तिघाटमा अन्त्येष्टी गरिएको हो । अन्येष्टीअघि केसी निवास पोखरा ७ एयरपोर्टबाट पृथ्वीचोकहुँदै शान्तिघाटसम्म शवयात्रा निकालिएको थियो । शव यात्रामा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाइरस (कोभिड–१९) का कारण घरमा बस्न बाध्य भएकाहरुपनि सहभागि भए ।

अन्त्येष्टीअघि पूर्व सभामुख तथा नेपाली कांग्रेसका पूर्व महामन्त्री तारानाथ रानाभाटले केसीको पार्थिव शरिरमा पार्टीको झण्डा ओढाएका थिए । कोरोनाका कारण काठमाडौंबाट कांग्रेस शीर्ष नेताहरु आउन नसकेपछि रानाभाटले नै पार्टीको झण्डा ओढाएका हुन् ।

स्वर्गिय केसीका पार्थिव शरिरमा तीन छोराहरु प्रकाश, किरण र रोसन तीनै जनाले दागवत्ति दिएका थिए ।

केसीको गएराती १०ः३० बजे ६३ वर्षको उमेरमा निधन भएको थियो । उच्च रक्तचाप र मधुमेह रोगबाट ग्रसित केसीको पोखरा एयरपोर्टस्थित आफ्नै निवासमा निधन भएको हो । स्वास्थ्य समस्या सामान्य अवस्थामा रहेका उनको मधुमेह एक्कासी घट्दा निधन भएको हुनसक्ने परिवारको अनुमान छ ।

राप्रपाबाट लामो समय राजनीति गरेका उनी गत आम निर्वाचनमा मात्र नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी नेपाली कांग्रेसबाटै समानुपातिक कोटामा सांसद बनेका हुन् । उनी पोखरा उपमहानगरपालिकाका तत्कालिन प्रधानपञ्चपनि हुन् ।

हिमश्री फुड्स प्रालिद्वारा उत्पादित रारा तयारी चाउचाउसहित एक दर्जन बढी हाईड्रोलगायतमा उनको लगानी रहेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।