सुनको मूल्य प्रतितोला रु ४०० ले बढ्यो


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ ।

महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।