स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई एक्सन एड नेपालले कोभिड–१९ को सङ्क्रमणको उपचारका लागि आवश्यक नौ हजार ४५७ थान व्यक्तिगत सुरक्षा सामग्री पिपिई उपलब्ध गराएको छ । मन्त्रालयमा आयोजित कार्यक्रममा आज स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई एक्सनएड नेपालकी कार्यकारी निर्देशक सुजिता माथेमाले उक्त पिपिई असामग्री हस्तान्तरण गरेकी हुन । पिपिई रु एक करोड ६२ लाख ४३ हजार ३४३ बराबरको रहेको छ ।
कार्यक्रममास्वास्थ्य सचिव लक्ष्मण अर्यालले कोरोना सङ्क्रमणको दर बढिरहेको बेलामा प्रदान गरिएको सामग्रीले कोभिड–१९ का सङ्क्रमित पहिचान तथा उपचारमा खटिने स्वास्थ्यकर्मीलाई सङ्क्रमणबाट जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले पिपिईलाई मन्त्रालयले आवश्यकता रहेर वितरण गर्ने समेत जानकारी दिए।
चार हजार थान मन्त्रालयले आवश्यकताअनुसार वितरण गर्ने र बाँकी रहेको पाँच हजार ४५७ थान यस संस्थाले काम गरिरहेको काठमाडौँ, ललितपुर, भक्तपुर, बर्दिया, बाजुरा, डोटी र सिरहा जिल्लामा रहेका साझेदार संस्था तथा स्थानीयतहमार्फत स्थानीय स्वास्थ्य सस्थाका स्वास्थ्यकर्मीलाई वितरण गरिने छ ।
सोही कार्यक्रममा समाज कल्याण परिषद्का उपाध्यक्ष डा पदमप्रसाद खतिवडाले गैरसरकारी संस्थालाई कोभिड लक्षित कार्यक्रम बनाउनको लागि अनुरोध गरिएको बताए । एक्सनएड नेपालको कार्यकारी निर्देशक सुजिता माथेमाले व्यक्तिगत सुरक्षा सामग्रीले स्वास्थ्यकर्मीलाई सुरक्षितरुपमा सेवा दिनका लागि सहयोग पुग्ने धारणा राखेका छन् ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पृथ्वी राजमार्गको चितवन र धादिङ क्षेत्रमा आज राति सवारी आवागमनमा रोक लगाइएको…






