कार्तिक १८ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको छ ।
पछिल्लो क्रममा स्वास्थ्य निर्देशनालय गण्डकीले प्रदेशमा कोरोना संक्रमणका कारण थप ८ जनाको मृत्यु भएको पुष्टि गरेसंगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८८ पुगेको हो ।
निर्देशनालयले पछिल्लो क्रममा अध्यावधिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप ४ जनाको मृत्यु भएको छ ।
एक जना महिला सहित संक्रमणबाट उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखरा पोेखरा–५ कि ५९ वर्षिया महिलाको गत १७ गते राती ११ बजे, पोखरा–१३ का ५५ वर्षिय पुरुषको कार्तिक १८ गते बिहान ११ :४५ बजे मृत्यु भएको थियो । यस्तै कार्तिक १७ पोखरा–६ का ७२ वर्षिय पुरुषको बिहान ४ :४५ बजे र सोही दिन पोखरा–३ का ५२ वर्षका पुरुषको बिहान ११ : ४५ बजे मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
यस्तै कोरोन संक्रमणबाट ज्यान गुमाउनेमा बाग्लुङका दुई जना छन् । जिल्लाको बाग्लुङ नगरपालिका–३ का ६१ वर्षिय पुरुषको कार्तिक १७ गते साँझ ५ः३० बजे र सोही स्थानका ६६ वर्षिय संक्रमित पुरुषको कार्तिक १८ गते बिहान १० : २० बजे मृत्यु भएको हो ।
यस्तै तनँहुको व्यास नगरपालिका–५ का ६६ वर्षिय पुरुषको कार्तिक १७ गते बिहान २ः१५ बजे संक्रमणबाट मृत्यु भएको छ ।
नवलपुर वर्दघाट सुस्ता पुर्वको देवचुली ११ का ८० वर्षिय संक्रमित पुरुषको कार्तिक १६ गते बिहान ११ः२६ बजे मृत्य भएको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






