गण्डकीमा कोरोना संक्रमितको संख्या ८ हजार पुग्यो


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित




कार्तिक १८ पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार पुगेको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो ४ : ५० मा छैठौं प्रेस विज्ञप्ती जारी गर्दै प्रदेशमा संक्रमितको संख्या ८ हजार पुगेको जानकारी गराएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो पटक कास्की र गोरखाका गरि थप ११ जनामा संक्रमणको पुष्टि भएको छ ।

क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा कास्कीको पोखरा महानगरपालिका वडा नं १५ का एका जनामा संक्रमण पाइएको हो ।

यस्तै गोरखाका ४ पालिकाका १० जना संक्रमित भएका छन् । जसमध्य पालुङटारका ३, भिमसेन थापाका २, शहिद लखनका १, र गोरखा नगरपालिकाका ४ जना छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।