गण्डकी प्रदेशमा सोमबार कोरोनाले एकैदिन ८ जनाको मृत्यू भएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) का कारण पछिल्लो २४ घण्टामा पोखरामा ४ सहित गण्डकी प्रदेशमा ८ जनाको मृत्यू भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । योसँगै गण्डकी प्रदेशमा कोभिड–१९ बाट मृत्यू हुनेको संख्या ८८ पुगेको छ ।
निर्देशनालयले पछिल्लो क्रममा अध्यावधिक गरेको विवरण अनुसार कास्कीको पोखरा महानगरपालिकाका थप ४ जनाको मृत्यु भएको छ । कोभिड–१९ का कारण पोखरामा एक महिलासहित ४ जनाको मृत्यू भएको हो । पछिल्लो क्रममा मृत्यु हुनेमा पोखरा पोेखरा–५ कि ५९ वर्षिया महिला, पोखरा–१३ का ५५ वर्षिय पुरुष, पोखरा–६ का ७२ वर्षिय पुरुष र पोखरा–३ का ५२ वर्षिय पुरुष पुरुषको मृत्यू भएको निर्देशनालयले जनाएको छ ।
यस्तै कोरोन संक्रमणबाट ज्यान गुमाउनेमा बाग्लुङका दुई जना छन् । बागलुङ जिल्ला बागलुङ नगरपालिका वडा–३ का ६१ वर्षिय पुरुष र सोही स्थानका ६६ वर्षिय संक्रमित पुरुषको सोमबार मृत्यू भएको छ ।
यसैगरी, तनँहुको व्यास नगरपालिका–५ का ६६ वर्षिय पुरुष र नवलपुर वर्दघाट सुस्ता पुर्वको देवचुली ११ का ८० वर्षिय संक्रमित पुरुषको पनि मृत्यू भएको निर्देशनालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।