
गण्डकी प्रदेश सार्वजनिक लेखा समितिका सभापति कुमार खड्काले पोखरापको उत्तरी क्षेत्रलाई कृषि र पर्यटन केन्द्रीत गर्नुपर्ने बताएका छन् । पोखरा १९ मा निर्मार्णाधिन अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडकको सोमबार अनुगमनपछि सभापति खड्काले प्राकृतिक दृष्टिकोणले सुन्दर घार्मीलगायतका क्षेत्र उर्वर भूमिपनि भएकाले यी क्षेत्रलाई कृषि तथा पर्यटनमा केन्द्रीत गर्न सुझाव दिएका हुन् । सभापति खड्काले निर्मार्णाधिन कालोपत्रे सडकको अनुगमन गर्दै, सडकलाई टिकाउ बनाउनका लागी पानीको उचित निकास र पहिरो संभावित क्षेत्रमा मजवुत वाल निर्माण गर्न ठेकेदार कम्पनी र स्थानिय सरकारलाई आग्रह गरे । सडक निर्माणसँगै अब ग्रामिण क्षेत्रमै रोजगारी सिर्जना हुने र यसले स्थानिय जनताको जीवनस्तर नै परिवर्तन हुने विश्वास व्यक्त गरे । उनले युवाहरुलाई ग्रामिण उद्यमशीलतामा जोडिन आग्रह गरे ।
अनुगमनका क्रममा पोखरा १९ का वडाध्यक्ष शोभामोहन पौडेलले स्थानिय सरकार र उपभोक्ता समितिको निरन्तर पहलले सडक निर्माणले गति लिएको बताए । उनले तिव्र रुपमा काम भैरहेकाले यसले छिट्टै पुर्णता पाउने विश्वास व्यक्त गरे ।
जारी सडक निर्माणका विविध विषयमा अमला विसौंनी घार्मी आलेवारी अम्वरेश्वर ग्रामिण सडक उपभोक्ता समितिका सचिव डिल्लीराम पौडेलले सभापति खड्का, वडाध्यक्ष पौडेल सहितको टोलिलाई जानकारी गराएका थिए । अनुगमनमा नेकपा पोखरा १९ का सचिव निर्मल बास्तोला, नेपाली काग्रेश पोखरा १९ का सभापति महेश्वर पौडेल, समितिका सचिव डिल्लीराम पौडेल, शिक्षासेवी वैकुण्ढ पौडेल, समाजसेवी रामचन्द्र पौडेल, ऋषिराम पौडेल, पत्रकार प्रकाश अधिकारी, शिशिर पौडेल लगायतका सहभागी थिए ।
पोखरा महानगर पालिका वडा नं. १६ र १९ लाई समेटेर निर्माण भइरहेको करिव १२ किलोमिटर सडक अन्र्तगत हाल ४ किलोमिटर सडक खण्डमा ठेकेदार कम्पनी जि एस आर निर्माण सेवाले सडक निर्माणलाई तिव्रता दिएको हो । करीव आधा किलोमिटर सडक ढलान गरिएको छ भने वाँकी सडकमा कालोपत्रे गर्ने कार्य जारी रहेको निर्माण कम्पनीले जनाएको छ । कालोपत्रे ३ सेन्टी बाक्लो गरिएको छ । चैतमा नै कालोपत्रे गर्ने कार्य सम्पन्न गर्ने योजनाका साथ काम गरेको कम्पनीले लक डाउनका कारण ६ महिना पछी आएर मात्र काम शुरु गरेको जनाईएको छ । भौतिक योजना तथा पुर्वाधार मन्त्रालय गण्डकी प्रदेश सरकारको आयोजना अन्र्तगत कुल ७ करोड ८२ लाखमा ठेक्का लिएको कम्पनीले सडक चक्ल्याउने, नाला निर्माण र रिटेलिङ्ग वालको निर्माण सम्पन्न गरेको छ भने कालोपत्रे गर्ने कार्य शुरु गरेको उपभोक्ता समितिका सचिव पौडेलले जानकारी दिए ।
वि.स. २०४१ सालवाट त्यस क्षेत्रमा सडक लैजान योजना शुरु भएता पनि विभिन्न अवरोध र वजेट अभावका कारण सडक अलपत्र परेको थियो । ३६ वर्ष पछि वल्ल त्यस क्षेत्रमा कालोपत्रे सडक पुगेपछि त्यस क्षेत्रका वासिन्दा हर्षित भएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।