६० लाख मुल्य पर्ने ब्राउन सुगरसहित एक जना पक्राउ


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




प्रहरीले कपिलबस्तुमा ६० लाख रुपैयाँ बराबरको ब्राउन सुगरसहित १ जनालाई पक्राउ गरेको छ।

कपिलबस्तुको मर्यादपुर नाकास्थित सुठौली भन्सारको बीओपी मर्यादपुरबाट शसस्त्र प्रहरी निरीक्षक शंकरसिंह सिखको कमाण्डमा खटिएको ५ जनाको टोलीले कपिलबस्तु नगरपालिका १० बस्ने २३ बर्षिय दिपचन्द्र सिंह क्षेत्रीलाई पक्राउ गरेको हो।

क्षेत्रीसँग भएको ६१.१८० ग्राम ब्राउन सुगर प्रहरीले बरामद गरेको हो।

भारतबाट नेपाल भित्राउने क्रममा सो ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।