पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने बताइएको छ।

राष्ट्रिय गौरवको आयोजना पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आईकाओ ) को मापदण्ड अनुरुप सञ्चालन गर्न पोखरा २७ को रिठ्ठेपानीको डाँडा ४० मिटर काट्नुपर्ने भएको नेपाल टेलिभिजनको अनलाइनमा समाचार छ।

समाचारमा पछिल्लो अध्ययन अनुसार आईकाओको स्टयाण्डर अनुसार वातावरणीय प्रभाव मुल्यांकन ईआइए गर्ने काम र विमानस्थलदेखि पूर्वतर्फको रिठ्ठेपानीको डाँडा ४० मिटर काट्ने काम आगामी मंसिरदेखि सुरु गरिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख विनिश मुनकर्मीले जानकारी गराएका छन्।

धावनमार्ग, मुख्य टर्मिनल भवन, ह्याङ्गर, कन्ट्रोल टावरलगायतको काम सकिएसँगै निर्माणको ६५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ।

करिब २२ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको विमानस्थल तोकिएको समय १० जुलाई २०२१ मा सम्पन्न गर्नेगरी काम भइरहेको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।