
कार्तिक १९ पोखरा । भारतीय पत्रकार अर्नव गोस्वामी पक्राउ परेका छन् ।
रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक समेत रहेका गोस्वामीलाई मुम्बई प्रहरीले आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेको भारतीय मिडियाहरुले जनाएका छन् ।
गोस्वामीले सन् २०१८ मा एक इन्टेरियर डिजाइनर र उनकी आमाको आत्महत्यामा दुरुत्साहन गरेको आरोप लागेको थियो । सो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएपछि उनलाई प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
नेपाल–भारत सीमा विवादको बेला गोस्वामीले कांग्रेस नेता मिनेन्द्र रिजालसँग लिएको भिडियो अन्तर्वार्ता नेपालमा खुबै भाइरल भएको थियो । गोस्वामीको अस्वाभाविक प्रस्तुतीको विरोध गर्दै र नक्सा प्रकरणमा सरकारको समर्थन गर्दै रिजालले कडा शव्दमा जवाफ फर्काएका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।