अग्रज पत्रकार राजु भण्डारीले कोरोनालाई परास्त गरेका छन् । विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९)लाई पोखरेली पत्रकार भण्डारीले जितेर स्वस्थ भएका हुन् । उनले कोरोना संक्रमण भएको ५ हप्तापछि कोरोनालाई परास्त गर्न सफल भएको एभरेष्ट आवाजलाई जानकारी दिए ।
भण्डारीले बुधबार विहान आफ्नो रिपोर्ट नेगेटिभ आएको बताए । ‘तेश्रो पटकको परिक्षणमा रिपोर्ट बल्ल नेगेटिभ आयो’–उनले भने । शुरुमा सामान्य ज्वरो र त्यसपछि शरीर दुख्ने, टाउको दुख्नेलगायतका लक्षण देखिएपछि ३५ दिनअघि स्वाब दिदा कोरोना पुष्टि भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । पोखरा–१४ काजीपोखरीस्थित कालिका बहुमुखी क्याम्पसमा छात्राहरूका लागि ‘आत्मरक्षा’ सम्बन्धी एकदिने…






