कार्तिक १९ पोखरा । पोखराका थप ६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । लाइफ केयर एण्ड डायग्नोष्टिक प्रा.लि. पोखरामा गरिएको नमनुना परिक्षणमा विभिन्न वडाका ६९ जनामा कोरोना संक्रमणको भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयका अनुुसार संक्रमितहरु १, २, ४, ५, ६, ७ ८, ९, १०, ११, १२, १४, १५, १६, १७, १८, १९, २५, २७, २८ र ३३ नं वडाका हुन् । यस्तै एक जनाको वडा खुलाइएको छैन् ।
यस्तै आज नै स्याङ्जको पुतलीबजार, अर्जुनचौपारी, आधिखोलाका ४ जना, तनहुँको ब्यासका २ जनामा पनि संक्रमण पाइएको छ ।
यस अघि विपी कोइराला मेमोरियल क्यान्स अस्पताल, चितवनमा गरिएको परिक्षणमा तनहुँ, लमजुङ, नवलपुर वर्दघाट सुस्ता पूर्वका एक–एक जना र स्याङ्जाका दुई जनामा पनि आजनै संक्रमण पुष्टि भएको थियो ।
यस्तै निर्देशनालयद्वारा दोस्रो पटक जारी विज्ञप्तीमा प्रदेशका ४ जिल्लाका थप २२ जना अध्यावधिक भएका थिए । जसमध्य नवलपुरका १७ , गोरखाका ३, लमजुङ र तनहँुका एक–एक जना थपिएका थिए । उनीहरुको चितवन मेडिकल कलेजमा स्वाव परिक्षण भएको थियो
यो संगै गण्डकी प्रदेशमा हालसम्म जम्मा कोरोना संक्रमितको संख्या ८ हजार १०४ पुगेको छ । बुधबार मात्रै हालसम्म थप एक सय ४ जना संक्रमित थपिएका छन् ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







