
प्रेस संगठन कास्कीका संयोजक माधव बराललाई कोरोना संक्रमण भएको छ । उनलाई आज कोरोना संक्रमण पुष्टी भएको हो । बराल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीका प्रेस संयोजकसमेत हुन् ।
संयोजक बरालले आफू कन्ट्याक्ट ट्रेसिङमा परेर स्वाब दिएको र बुधबार कोरोना संक्रमण पोजेटिभ देखिएको रिपोर्ट आएको एभरेस्ट आवाजलाई जानकारी दिए ।
संयोजक बरालले आफ्नो स्वास्थ्य अहिले सामान्य रहेको र होम आइसोलेसनमा बसिरहेको जनाएका छन् । बरालले सचेत भएर सतर्कता अप्नाउन आग्रह गर्दै आफूपनि बच्न र अरुलाई बचाउनपनि आग्रह गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।