नवलपूरमा एक जनाको भीरबाट खसेर एक जनाको मृत्यू भएको छ । नवलपरासी पूर्व बुलिङटार गाउँपालिका वडा नम्बर ५ लपाकका ३१ वर्षिय पिहिसरा सार्कीको मृत्यू भएको हो ।
बुधबार विहान लापाकको भीरमा घाँस काट्न गएको बेला पिहिसराको भीरबाट खसेर मृत्यू भएको गण्डकी प्रदेश प्रहरीले जनाएको छ । घाँस काट्न गएका सार्की दिउँसो अबेरसम्मपनि नआएपछि खोजतलास गर्दा भीरबाट २५ मिटर खसेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ ।
त्यस्तै, म्याग्दीमा एक जनाको खोंचमा खसेर मृत्यू भएको छ । म्याग्दीको बेनी नगरपालिका वडा नम्बर ९ गलेश्वरस्थित राहुघाट खोलाको खोंचमा खसेर ४४ वर्षिय लोकबहादुर खत्रीको मृत्यू भएको प्रदेश प्रहरीले जनाएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्राकृतिक सौन्दर्य, उच्च पहाडबाट देखि हिमशृङ्ला र फराकिला पाटनले परिचित बागलुङको ढोरपाटनमा…







