
नेपालकै पर्यटकीय राजधानी पोखराको मुटु लेकसाईड (तस्बिर सौजन्य : उमेश पुन)
कार्तिक १९ पोखरा । पोखरामा एकै दिन एक सय ६२ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय गण्डकीले बुधबार विभिन्न चरणमा विज्ञप्ती निकाल्दै यस्को पुष्टि गरेको हो ।
निर्देशनालयले विभिन्न प्रयोगशालामा गरिएको नमुना परिक्षणका क्रममा पोखराका विभिन्न वडाका १६२ जनामा कोराना संक्रमण भेटिएको जनाएको छ ।
निर्देशनालयका अनुसार लाइफ केयर एण्ड डायग्नोस्टिक प्रा.लि., पोखरामा ६९ जना, क्षयरोग उपचार केन्द्र, पोखरामा २२ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा १७ जना र क्षयरोग उपचार केन्द्रमा गरिएको परिक्षणमा ७१ जनामा संक्रमण भेटिएको थियो ।
यता, प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या ८ हजार २६४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेशका थप ६ जनाको ज्यान गुमेको छ । ती मध्य ५ जना पोखराका हुन् भने एक जना तनहुँका छन् । यो सहित प्रदेशमा संक्रमणबाट ९३ जना संक्रमितले ज्यान गुमाएका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।