मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो अभिव्यक्तिलाई अतरञ्जित पारिएको स्पष्ट पारेका छन् । ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने विवादित अभिव्यक्तिसहितको अन्र्तवार्ता दिएपछि विवादमा फसेका मुख्यमन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत आफ्नो अभिव्यक्तिलाई अतिरञ्जित बनाइएको स्पष्ट पारेका हुन् ।
मुख्यमन्त्रीका तर्फबाट उनका प्रेस संयोजक विक्रम न्यौपानेले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी अन्तर संघर्ष सम्बन्धमा मुख्यमन्त्रीज्यूको अभिव्यक्ति अतिरञ्जित र उत्तेजक शीर्षकमा समाचार बनेर आएछ, वास्तवमा मुख्यमन्त्रीज्यू पार्टी एकगठनका लागि मरिमेटेर लागिरहनु भएको छ ।’
न्यौपानेले मुख्यमन्त्रीको अभिव्यक्ति कुनै खास नेतालाई दोष दिने खालको नभएको दाबी गरेका छन् । उनले मुख्यमन्त्रीले कुनै खास नेतालाई दोष दिने धारणा नबोक्ने र पार्टी एकता मजबुत बनाउने नै मुख्यमन्त्रीको धारणा भएको उल्लेख गरेका छन् । साथै समाचार शीर्षकको भरमा अभिव्यक्तिलाई नबुझिदिनुहुन स्टाटसमा अनुरोध गरिएको छ । न्यौपानेले सो स्टाटस मुख्यमन्त्री गुरुङलाईसमेत ट्याग गरेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।