गण्डकी प्रदेश सभा अर्थ तथा विकास समितिका सभापति दीपक कोईरालाले आफूले गर्न नसकेका कामपनि प्रचण्डलाई दोष दिएर उम्किने कि आफैले केहि गर्ने भनेर कडा प्रश्न सोधेका छन् । मुख्यमन्त्री गुरुङले बुधबार एक अनलाईन न्यूज पोर्टललाई ‘नेकपा फुट्यो भने प्रचण्डका कारण फुट्छ’ भन्ने अभिव्यक्ति दिएपछि त्यसको प्रतिउत्तर स्वरुप जवाफ फर्काउँदै नेकपा गण्डकी प्रदेश सदस्यसमेत रहेका सभापति कोईरालाले सामाजिक सञ्जाल फेसवुकमा स्टाटस लेख्दै भनेका छन्,‘पार्टी कसको कारण फुट्छ र त्यसको परिणाम क–कसले कस्तो रुपमा ब्यहोर्नु पर्ला (यदि पार्टी फुट्यो भने) त्यो समयले बताउला तर प्रदेशका नागरिक सामान्य उपचार र अस्पतालमा बेड नपाएर मर्नु परेको दोषपनि प्रचण्डलाई नै दिएर उम्किनु हुन्छ कि केहि गर्नुहुन्छ मुख्यमन्त्री ज्यू ? ।’
त्यस्तै, नेकपाका अर्का नेता तथा गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराललेपनि मुख्यमन्त्रीको अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन् । उनले पनि सामाजिक सञ्जाल फेसवुकमा मुख्यमन्त्रीको अभिव्यक्तिप्रति लक्षित गरेर स्टाटस लेख्दै मुख्यमन्त्रीले प्रधानमन्त्री ओलीको विश्वास पात्र बन्ने नाममा लाज लाग्ने खालको अभिव्यक्ति दिएको बताएका छन् । उनले भनेका छन्,‘पार्टीका एउटा अध्यक्ष केपी ओली जी को एक नम्बर विश्वास पात्र बन्ने दौडमा केहि नेता लागि परेका छन् । ओलीजीले पार्टी फुटाल्ने सम्मका प्रस्ताव अर्का अध्यक्ष प्रचण्डसँग राख्ने कुरा व्यंग्य गर्नुभएको भनी बचाउ गर्नुकोपनि लज्जाको विषय होईन ?
मुख्यमन्त्रीप्रति कडा टिप्पणी गर्ने दुबै सांसद पूर्व माओवादी निकट हुन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।