पोखरा २५ को वडा कार्यालयको सेवा अनिश्चितकालका लागि बन्द


     एभरेस्ट आवाज    
     कार्तिक १९ गते २०७७ मा प्रकाशित




पोखरा महानगरपालिका वडा नम्बर २५ को कार्यालय अनिश्चितकालका लागि बन्द भएको छ । वडा कार्यालयमा कार्यरत कर्मचारी र जनप्रतिनिधिमा विश्वव्यापी महामारीका रुपमा फैलिएको नोभल कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि वडा कार्यालय बुधबारदेखि अनिश्चितकालका लागि बन्द गरिएको वडाध्यक्ष शोभाखर तिमिल्सिनाले जारी गरेको सूचनामा जनाइएको छ ।

सूचनामा वडाबासीलाईसमेत अत्यावश्यक कामबाहेक घरबाहिर हिंडडुल नगर्न आग्रह गरिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।