प्रेस युनियन पुरस्कारका संस्थापक केसीको निधनप्रति कास्की युनियनद्वारा दुःख व्यक्त


     एभरेस्ट आवाज    
     कार्तिक २१ गते २०७७ मा प्रकाशित




पत्रकारिता पुरस्कारका संस्थापक सूर्यबहादुर केसीको निधनप्रति नेपाल प्रेस युनियन कास्कीले दुःख व्यक्त गरेको छ।

‘उहाँको निधनले हामी मर्माहत बनेका छौं, नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देल र सचिव प्रदिप पौडेलले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, उहाँको शिक्षा, स्वास्थ्य, सञ्चार र राजनीतिमा पु¥याएको योगदान सदैव स्मरणीय रहने छ।’

विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति मिलोस् भनि कामना गरिएको छ।

काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य, प्रतिनिधिसभा सदस्य र प्रतिष्ठित व्यवसायी केसीले प्रेस युनियन कास्कीको आग्रहमा सूप्रेम शारदा पत्रकारिता पुरस्कार स्थापना गरेको अध्यक्ष नवीन सिग्देलले बताए।

तिहारअघि नै पुरस्कार वितरण गर्नका लागि सल्लाहाकार रवीन्द्र बास्तोलाको संयोजकत्वमा प्रतिभा छनोट समिति गठन गरिएको थियो।

संस्थापक केसीको निधनप्रति दुःख र सम्मान व्यक्त गर्दै प्रेस युनियन कास्कीले तिहार अघि सो पुरस्कार वितरण नगर्ने जनाएको छ।

गतवर्ष ६ लाखको अक्षयकोष स्थापना गरी संचालनमा ल्याइएको सो पुरस्कार यसवर्ष प्रेस युनियन कास्कीले पहिलो पटक वितरण गर्न लागेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।