प्रतिकात्मक तस्बीर
कास्कीको रुपा गाउँपालिका कार्यालयले आईतबारसम्म सेवा बन्द गरेको छ । गाउँपालिकाका एक कर्मचारीमा कोरोना भएपछि गाउँपालिका कार्यालय नै बन्द गरिएको हो । कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय बन्द गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख नवराज ओझाले जानकारी दिए ।
हरेक महिना कर्मचारीको कोरोना परिक्षण गर्ने गरिएको र यसपटकको परीक्षणमा कर्मचारीमा कोरोना पुष्टि भएकाले कार्यालय नै बन्द गर्नुपरेको उनले बताए । उनले सोमबारदेखि भने नियमित कार्यालय सञ्चालनमा आउने जानकारी दिए ।
संक्रमित कर्मचारीलाई आइसोलेसनमा राखिएको र बाँकी कर्मचारी तथा जनप्रतिनि क्वारेन्टिनमा रहेको ओझाले जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।